मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसिया कप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अग्रीम बधाई सहित शुभकामना दिनुभएको छ ।

मंगलबार दिउँसो शीतल निवासमा राष्ट्रपति पौडेलले एसिया कप खेल्न भोलि पाकिस्तान प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिनुभएको हो ।

यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने राष्ट्रपति पौडेलले बताउनु भयो ।

नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको राष्ट्रपति पौडेलको भनाई छ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय रहेको बताउँदै राष्ट्रपति पौडेलले उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न खेलाडीहरुको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस् भन्ने कामना गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नै पशुपतिनाथ पुगेर दर्शन पनि गरेका थिए । एसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार