काठमाण्डौं : मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । लगातार दुई सिरिज जित्दै नेपाल फाइनल नजिक पुगेकाे छ।
बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। कुवेतका लागि जीफा जिलानीले ११, खदिजा खलिले १० र मरिअमा हैदरले ९ रन जोडे। बलिङतर्फ नेपालकी इन्दू बर्माले ३ विकेट लिइन्। यस्तै खुशी डंगोल र कविता कुँवरले क्रमशः २/१ विकेट लिए।
नेपालको तर्फबाट इन्दू बर्माले सर्वाधिक २३ रन बनाएर ‘प्लेअर अफ दी म्याच’ बनेकी छिन्। यस्तै, बिन्दू रावलले २० र काजल श्रेष्ठले १९ रन बनाइन्। कुवेतकी मरिअमा हैदरले चार, मरियम ओमरले २ र खदिजा खलिले एक विकेट लिए।
चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंककासाथ शीर्षस्थानमा छ। सिरिजमा नेपालले तेस्रो खेल शुक्रबार मलेसियासॅंग खेल्नेछ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया