मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

म्यानचेस्टर सिटीमा आबद्ध भए जेरेमी डोकु

बेल्जियमका २१ वर्षीय युवा स्टार डोकुलाई सिटीले पाँच वर्षका लागि क्लबमा भित्रायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साविक इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले रेनसका विंगर जेरेमी डोकुलाई अनुबन्धन गरेको छ। बेल्जियमका २१ वर्षीय युवा स्टार डोकुलाई सिटीले पाँच वर्षका लागि क्लबमा भित्राएको हो।

गत सिजन ट्रेबल विजेता सिटीले फ्रेन्च क्लबमा खेलिरहेका डोकुलाई ५५.४ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको हो। उनले बेल्जियमबाट १६ खेल खेलेका छन्। अनुबन्धन पछि उनले भनेका छन्, ‘यो मेरो लागि व्यक्तिगत र व्यावसायिक रूपमा नै निकै महत्त्वपूर्ण दिन हो। सिटी विश्वकै उत्कृष्ट क्लब हो। यसको हिस्सा हुन पाउँदा निकै खुसी छु।’

सन् २०२० मा बेल्जियन क्लब रोयल स्पोर्टिङ क्लब एन्डरलेक्टबाट रेनेस भित्रिएका डोकुले क्लबलाई लागि तीन सिजनमा ७५ लिग खेल खेल्दै १० गोल गरेका थिए। रेनेससँगको सम्झौता सकिन अझै दुई वर्ष बाँकी रहे पनि डोकुले सिटी रोजेका हुन्।

गत सिजन ३५ खेलबाट ७ गोल गरेका उनले अनुबन्धका लागि प्रिमियर लिगकै वेस्टह्याम युनाइटेड, टोटनहम र चेल्सीले पनि चासो देखाएका थिए।

यो सिजन सिटी भित्रिने डोकु तेस्रो खेलाडी हुन्। यसअघि सिटीले मिडफिल्डर माटिओ कोभासिसलाई प्रिमियर लिगकै चेल्सी तथा डिफेन्डर जेस्को ग्वार्डिओललाई जर्मन क्लब आरबी लाइपजिगबाट क्लबमा भित्र्याएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार