काठमाण्डौंः स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।
गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको हो । रियललाई जित दिलाउन एकमात्र निर्णायक गोल जुड बेलिङहमले गरे ।
उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । उनको यो रियलका लागि ३ खेलमा चौंथो गोल हो ।
/origin-imgresizer.eurosport.com/2023/08/25/3770286-76695648-2560-1440.jpg)
योसँगै लगातार तेस्रो जित निकालेको रियल ३ खेलबाट ९ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । सेल्टा भिगो समान खेलबाट १ अंकका साथ तालिकाको १६ औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया