काठमाण्डौंः साउदी प्रो लिगमा अल नासरले पहिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५–० गोलले पराजित गरेको हो ।
नासरलाई फराकिलो जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ३ तथा साडियो मानेले २ गोल गरे । रोनाल्डोले खेलको ३५, ५५ र ९०+६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । उनको यो करिअरको ६३ औं ह्याट्रिक हो ।

यस्तै, मानेले २७ औं र ८१ औं मिनेटमा गोल गरे । जारी सिजनमा नासरको पहिलो जित हो । यसअघि उसले लगातार दुई खेलमा हार बेहोरेको थियो ।
नासर ३ खेलबाट ३ अंक जोड्दै तालिकाको १० औं स्थानमा रहँदा फतेह समान खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया