असार २४, २०८२ मंगलबार July 8, 2025

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताएका छन ।

‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरेका छन । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया