मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला टी २० मलेसियासँग ६ विकेटले पराजित हुँदै नेपाल फाइनलमा प्रवेश

मलेसियाको जितमा हाइना हमिज हसिनाले सर्वाधिक ३७ रन बनाईन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले टस जितेपछि बलिङ रोजेको नेपालले वर्षात्का कारण १८ ओभरमा झारिएको खेलमा १८ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएर ८४ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको ८४ रनको लक्ष्य पछयाएको मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । मलेसियाको जितमा हाइना हमिज हसिनाले सर्वाधिक ३७ रन बनाईन् । नेपालका लागि सीता रानामगर र रुविना क्षेत्रीले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले २३, इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । वलिङतर्फ मलेसियाकी आइना हमिज हसिनले २ विकेट लिईन् ।

आज नेपाल मलेसियासँग पराजित भएपनि नेपाल रनरेटका आधारमा फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भोलि हङकङ्गसँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार