मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एकदिवसीयमा अफगानिस्तानलाई  ५९ रनले हराउँदै पाकिस्तान ओडिआई वरियताको शीर्षस्थानमा उक्लियो

एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको क्लिन स्वीप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अफगानिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिन स्वीप गरेको छ ।

श्रीलंकामा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा अफगानिस्तानलाई  ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला क्लिनस्वीप गरेको हो ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ ओभरमा २ सय ९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले सर्वाधिक ६४ रनको योगदान दिए ।  बलिङ्तर्फ पाकिस्तानका शदाब खानले ३ तथा शाहीन शाह अफ्रिदी र फहिम असरफले २/२ विकेट लिए ।

AFG vs PAK 3rd ODI Highlights: Pakistan Beat Afghanistan By 59 Runs

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए ।

पाकिस्तानले पहिलो खेल १ सय ४२ रनले र दोस्रो खेल १ विकेटले जितेको थियो ।

शृङ्खला क्लिन स्पीपसँगै पाकिस्तान आइसिसीको एकदिवसीय वरियतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार