मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एमएलएस डेब्युमै मेसीको गोल, ११ खेलपछि इन्टर मियामीको पहिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लिओनल मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीका लागि डेब्यु खेलमै गोल गरेका छन् ।

मेसी र डिएगो गोमेजले एमएलएसमा डेब्यु गोल गरेपछि इन्टर मियामीले आइतबार बिहान रेड बुल न्युयोर्क सिटीलाई २-० ले पराजित गरेको हो । एमएलएसमा इन्टर मियामीले यस जितपछि ११ खेलको जतविहीन यात्रालाई ब्रेक लगाएको छ ।

इन्टर मियाकीले मे १३ मा न्यु इंग्ल्याण्ड रेभोल्सनलाई २-१ ले पराजित गरेयता ११ खेलमा जित हात पार्न सकेको थिएन । जुलाईमा भएको पछिल्लो एमएलएस खेलमा इन्टर मियामी सेन्ट लुइस सिटी एससीसँग ३-० ले पराजित भएको थियो ।

बेन्चबाट खेल सुरु

८९ औं मिनेटमा गोल इन्टर मियामीलाई केही दिनअघि लिग्स कपको उपाधि जिताउन प्रेरणादायी भूमिका निर्वाह गरेका मेसी न्युयोर्क सिटी विरुद्धको खेलमा पहिलो रोजाइमा थिएनन् । उनीसँगै सर्जियो बुस्केटले बेन्चबाट खेल सुरुवात गरेका थिए भने जोर्डी अल्वाले पहिलो रोजाइमै खेल सुरु गरेका थिए ।

मेसी बेन्चमा हुँदा डिएगो गोमेजले नोह एलनको पासमा ३७औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए ।

मेसी र बुस्केट ६२औं मिनेटमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ८९औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई २-० को जित दिलाए । उनले बेन्जामिन क्रेमासीको क्रसमा गोल गरे ।

११ खेलपछि पहिलो जित हात पारेको इन्टर मियामी इस्टर्न कन्फेरेन्सतर्फ २३ खेलमा २१ अंक जोडेर एक स्थान माथि अर्थात १४औं स्थानमा उक्लेको छ । इन्टर मियामीका प्रशिक्षक टाटा मार्टिनोले आफ्नो टिमले अब बाँकी रहेको खेल जित्नुपर्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार