काठमाडौंः बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । पाकिस्तानमा हुने एसिया कप खेल्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आज (सोमबार) बिहान पाकिस्तान उडेका छन् । उनको बिदाईका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।
सन्दीपको आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएनन् । तर, आइतबार पेसीमा चढे पनि मुद्दाको सुनुवाइ रोकिएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया