असार २९, २०८२ आइतबार July 13, 2025

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मन्त्रिपरिषद् बैठक बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने बताएका छन ।

उनले लकडाउन मोडालिटीबारे खासै छलफल नहुने सङ्केत गरेका छन । “नियमित कार्यसूची छन् । लकडाउनको समीक्षा त हुने भयो । मुख्य विषय त्यो होइन,” उनले भने ।

आजको बैठकमा मूलतः स्वास्थ्य इमरर्जेन्सीकै बारेमा छलफल केन्द्रित हुने स्रोतको दाबी छ । बुधबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि स्वास्थ्य आपतकालीन घोषणा गर्ने मन्त्रालयको नीतिलाई कार्यरूप दिन लागेको स्रोतले बतायो ।

“यो कुनै विशेष अवस्था होइन । कोभिड–१९ विरुद्ध स्वास्थ्यसँग सम्बन्धित संस्था, व्यक्तिहरू परिचालित गर्ने योजना हो । यसमा परीक्षण र उपचारको दायरा फराकिलो हुने छ । निजी क्षेत्र पनि परिचालित हुनेछन्,” मन्त्रालय स्रोतले भन्यो ।

हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ । अब सरकारले कोरोना सङ्क्रमित पुष्टि भएका लक्षण देखिएका बाहेकलाई घरमै क्वारेन्टिन राख्न सकिने र त्यसमा स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ । त्यस्तै मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार