मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्लिस प्रिमियर लिग : आर्सनलले म्यानचेस्ट युनाइटेडलाई हरायो

९० मिनेटपछि थपिएको इन्जुरी समयमा दुई गोल गरेर आर्सनलले युनाइटेडलाई हराउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्ट युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै युनाइटेडलाई ३-१ गोलले हराएको हो ।

आर्सनलका लागि खेलमा मार्टिन ओडेगार्ड, डेक्लन राइस र गेब्रियल जिससले १-१ गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि मार्कस र्यासफोर्डले एक गोल गरे।

२७औं मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए। तर एक मिनेट पछि मार्टिन ओडेगार्डले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै आर्सनललाई बराबरीमा पुर्याए।

९० मिनेटपछि थपिएको इन्जुरी समयमा दुई गोल गरेर आर्सनलले युनाइटेडलाई हराउन सफल भयो ।

थपिएको समयको पाँचौं मिनेटमा डेक्लन राइसले र ११औं मिनेटमा गेब्रियल जिससले गोल गर्दै टिमलाई जिताए । आर्सनल ४ खेलमा १० अंकसहित पाँचौँ स्थानमा पुगेको छ भने युनाइटेड ६ अंकसहित ११ औँ स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३ गोलले हरायो । लिभरपुल १० अंकसहित तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार