मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

तेस्रो भेट्रान कप फुटबल असोज दोस्रो साता हुने

प्रतियोगितामा नेपाल र अन्तर्राष्ट्रिय लगायत १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी तेस्रो भेट्रान कप फुटबल प्रतियोगिता असोज सात गते सुरु हुने भएको छ ।

असोज ७ देखि १३ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र अन्तर्राष्ट्रिय लगायत १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

भारतको दार्जिलिङ, कलकत्ता र बङ्गलादेश भेट्रान्स फुटबल क्लब सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले शनिबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपालको चितवन, पर्सा, बारा, काठमाडौँ, पोखरा, नवलपरासी, सिमरा भेट्रान क्लब सिमरा, विराटनगर लगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देश विदेशका गरी १२ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

सिमरा रङ्गशालामा हुने प्रतियोगितामा अनुमानित २४ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । भेट्रान फुटबल प्रतियोगितामा ४० वर्ष भन्दा माथिका खेलाडीहरू खेल्ने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार