असार २४, २०८२ मंगलबार July 8, 2025

म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।

सैनिक स्रोतका अनुसार काठमाडौंमा प्रदेश नं। ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि बर्माबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ ।

त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ । उनीहरुमध्ये सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो । यद्यपि, उनीहरुको स्वास्थ्य स्थितिको हरेक विवरण सेनाले राख्नेछ ।

कोरोना परीक्षण नगरिएकाको हकमा सम्बन्धित प्रदेशमा १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाउने सरकारी तयारी छ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया