मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

विश्वभरका एक सय ५० भन्दा बढी देशमा म्याराथन सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सात वटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने भएको छ ।

उहाँले यहाँ पत्रकार सम्मेलन गरी पृथ्वीको बिग्रिँदो वातावरण र पर्यावरण बचाउन तथा मान्छेले मान्छेका अधिकार प्राप्त गर्नका लागि विश्वभरि अभियान सुरु गर्न लागेको बताउनुभयो ।

कार्यक्रमको नाम ‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ राखिएको छ । विश्वभरका एक सय ५० भन्दा बढी देशमा म्याराथन सञ्चालन हुने बताइएको छ । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथा आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथन हुनेछन् ।

धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताइएको छ ।

कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तीमा पनि ४२ दशमलव १९५ किलोमिटर हुनुपर्ने मापदण्ड रहेको छ । उक्त मापदण्डका आधारमा उहाँले एक हजार वटा म्याराथन गर्ने हुनुभएको हो । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने बताइएको छ । एक हजार वटा म्याराथनका लागि साढे तीन वर्षको समयावधि छुट्टाइएको धावक पुनले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार