मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रङ्गशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै १–० को हार बेहोर्न बाध्य भएको हो । नेपालले अन्तिमतिर काउन्टर अट्याकमा गोल खाँदै खेल सुम्पन पुग्यो । विन नाइन तुनले काउन्टर अट्याकमा गरेको गोल नै म्यानमारको जितका लागि पर्याप्त रह्यो । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो ।

पहिलो खेलमा जिलेस्पी र हिसुबलाई डेब्यु दिएका अनेसेले दोस्रो मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबका दिनेश हेन्जनलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर दिए । हेन्जन ८३ औँ मिनेटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

नेपालले अब अक्टोबरको अन्तर्राष्ट्रिय ब्रेकमा लाओससँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रङ्गशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार