मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले स्कटल्याण्डलाई ३-१ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इंग्ल्याण्डले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गरेको छ ।

इंग्ल्याण्डको लागि यसको विषेश महत्व र अर्थ हुनेछ । किनकि यी दुईबीचको १५०औं वर्ष पुगेको छ । त्यसमा इंग्ल्याण्डले स्कटल्याण्डमाथि १५०वर्षको राइभलरीमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

स्कटल्याण्डको मैदान हाम्पडेन पार्कमा भएको खेलमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । जुड बेलिङहम त्यसको तीन मिनेटपछि नै गोल गर्दै इंग्लिस टिमको अग्रता दोब्बर पारे ।

तर ६७औं मिनेटमा इंग्ल्याण्डकै ह्यारी मगुएरेल आत्मघाती गोल गर्दा स्कटल्याण्डले अग्रता छोट्याउने अवसर पायो । इंग्ल्याण्डविरुद्ध ४२औं जितको लक्ष्य बनाए पनि स्कटल्याण्ड सफल हुन सकेन । तर ८१औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले ३-१ को जित निकालेको हो । स्कटल्याण्डमाथि इंग्लिस टोलीको यो ४९औं जित हो ।

इंग्ल्याण्ड र स्कटल्याण्डबीच सन् १८७२ नोभेम्बर ३० मा पहिलो आधिकारिक खेल भएको थियो । जुन गोलरहित बराबरीमा सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार