काठमाण्डौंः न्युजिल्याण्डसँगको तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड विजयी भएको छ । दि ओभलमा भएको खेलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको हो।
इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । उसका ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए । बलिङतर्फ इंग्ल्याण्डका क्रिस वएक्स र लाइम लिभिङस्टोनले ३/३ विकेट लिए ।

त्यसअघि टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो । उसका बेन स्टोक्सले १ सय ८२ र डेविड मलानले ९६ रन बनाए ।
जीतसँगै चार खेलको शृङ्खलामा इंग्ल्याण्ड २-१ ले अघि रहेको छ । पहिलो एकदिवसीय न्युजिल्यान्डले र दोस्रो इङ्ल्यान्डले जितेका थिए । यसअघि भएको चार खेलको टी–२० शृङ्खला दुई–दुईको बराबरीमा सकिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया