काठमाडौंः एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा सहभागी हुने नेपाली प्रारम्भिक टोलीको घोषणा गरिएको छ।
शुक्रबार नेपाल क्रिकेट संघ क्यानले प्रिमियर कपको २४ सदस्यीय टोलीको घोषणा गरेको हो। मलेसियामा अक्टोबर १२ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा १६ एसोसिएट राष्ट्रको सहभागीता रहने छ। प्रतियोगिताको शीर्ष ३ मा पर्ने टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गर्नेछन्।
समूह एमा नेपाल, ईरान, बहाराइन र साउदी अरेविया रहेका छन्। समूह बीमा भने कतार, चीन, ओमान र यूएई रहेका छन्। सिङ्गापुर, माल्दिभ्स, थाईल्यान्ड र कुवेत समूह सीमा छन्। हङकङ, मलेसिया, इन्डोनेसिया र जापान भने समूह डीमा छन्।
नेपालको प्रारम्भिक टोली
आकाश त्रिपाठी, दीपक बोहोरा, अर्जुन कुमाल, दीपक डुम्ब्रे, उत्तम थापा मगर, हेमन्त धामी, दीपेश कंडेल, आकाश चन्द, दुर्गेश गुप्ता, देव खनाल, विशाल केसी, सुवास भण्डारी, प्रज्वल थापा, मिलन बोहारा, निर्मल गुरुङ,तुलबहादुर थापा, विपिन रावल, राजेश यादव, अशोक पौडेल, अभिषेक तिवारी, युनिस सिंह ठकुरी, निरज यादव र नरेन भट्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया