असार २२, २०८२ आइतबार July 6, 2025

एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टोली चीन उड्यो

रेनुका नगरकोटीको कप्तानीमा २२ सदस्यीय नेपाली टोली चीन प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टोली चीन गएको छ। चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोली चीन उडेको हो।

रेनुका नगरकोटीको कप्तानीमा २२ सदस्यीय नेपाली टोली रहेको छ। बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक हुन्।

नेपाल जापान र भियतनामसँगै समूह ‘डी’मा रहेको छ। जापान विश्वकप विजेता टोली हो। नेपाली टोलीको पहिलो खेल भियतनामसँग असोज ५(२२ सेप्टेम्बर) मा खेल्ने छ। यससँगै १९ औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले डेब्यू गर्नेछ।

असोज ८ (२५ सेप्टेम्बर) मा जापान र असोज ११ (२८ सेप्टेम्बर) मा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया