असार २३, २०८२ सोमबार July 7, 2025

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले रु एक लाख एक सय ११ पुरस्कार पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो ।

गण्डकीले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटमा हराएको हो । उपाधि विजेता गण्डकीले रु एक लाख ५० हजार एक सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टोली फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार आधा/आधा बाँडेर लिएका थिए । सोमबार फाइनल खेल सुरु भए पनि अँध्यारोका कारण खेल रोकिएको थियो ।

फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी दोस्रो सेट २५–१९ अङ्कले जितेर बराबरी खेल्यो । तेस्रो सेट पुलिसले २५–२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको चौथो सेट गण्डकीले २८–२६ मा जित्यो भने अन्तिम सेट १५–११ अङ्कले प्रहरीलाई निरास बनायो ।

प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले रु एक लाख एक सय ११ पुरस्कार पायो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले तृतीय हुँदै रु ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) घोषित हुनुभयो ।

पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा ९बेस्ट लिबेरो० घोषित भएको प्रतियोगिताका रेफ्री टहलसिंह थापाले जानकारी दिनुभयो ।

महिलातर्फ भने विभागीय नेपाल पुलिस क्लबले सोमबार उपाधि जितेको थियो । प्रहरीले फाइनलमा काठमाडौँको न्यूू डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीज पर्वका अवसरमा २५औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १०औँ संस्करणको लामाचौर कप राष्ट्रिय भलिबल आयोजना गरेको हो । राष्ट्रिय भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका थिए । पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार