मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने प्रतियोगितामा एक सय २० खेलाडीको सहभागिता रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा असोज ८ र ९ गते राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने प्रतियोगितामा एक सय २० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सका अध्यक्ष सुकदेव कार्कीले जानकारी दिनुभयो ।

पिन्टोला नेपालको मुख्य प्रायोजनामा सञ्चालन हुने प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरी चार स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा प्रत्येक स्पर्धामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई क्रमश: १५ हजार, १० हजार र पाँच हजार रुपियाँ, मेडल ट्रोफी तथा आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितामा पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीलाई नेपालको ‘स्ट्रोङ्गेस्ट एथलेट’ उपाधिसहित जनही २५ हजार रुपियाँ प्रदान गरिने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न १७ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ । नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार