काठमाडौंः एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालले इरानलाई आफ्नो पहिलो प्रतिद्धन्दीको रुपमा पाएको छ।
प्रतियोगिताको शीर्ष ३ टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गर्नेछन्। प्रतियोगितामा १६ टोलीको सहभागीत रहेको छ। नेपाल बहराइन, इरान र साउदी अरेबियासँगै समूह एमा रहेको छ।
असोज २५ गते नेपाल र इरान आमने सामने हुनेछन्। नेपाल र बहराइन असोज २८ मा प्रतिस्पर्धा गर्नेछन्। नेपाल र साउदी अरेबियाबीचको खेल भने कात्तिक २ गते हुनेछ। कुल ४ समूहका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल भने कात्तिक ७ अक्टोबर २४ मा खेलाइनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया