काठमाडौंः साफ यू–१९ फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो ।
पाकिस्तानको लागि अलि जफरले निर्णायक गोल गरे। खेलको ७६ औँ मिनेटमा जफरले पाकिस्तानको लागि गोल गरे।
पहिलो हाफमा नेपाली टोलीका कप्तान तथा गोलकिपर जिएरथ शेखले राम्रो प्रदर्शन गर्दै नेपाललाई गोलको क्षतिबाट बचाउन सफल भएका थिए।
खेलको इन्ज्यूरी समयमा नेपालले विभिन्न अवसर पाए पनि गोलमा भने परिणत गर्न सकेन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया