मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघको सचिवमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् ।

क्यानको आज भएको निर्वाचनमा सचिव पदमा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पन्छाउँदै पूर्वकप्तान खड्का निर्वाचित भएका हुन् । कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत पाउँदै विजयी हुँदा प्रशान्त ३७ मतमै राेकिए ।

पारस केही अघि मात्रै बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए। उनले चतुरबहादुर चन्दको प्यानलबाट क्यानको सचिवमा उम्मेदवारी दिएका थिए । चन्द क्यानको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो ।

साथै सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छन् भने सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार