काठमाडौंः १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ।
चीनको हान्जाउमा सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो पराजय हो।
भियतनामविरुद्धको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो। असोज ११ मा नेपाल र बङ्गलादेश आमने सामने हुनेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया