असार २९, २०८२ आइतबार July 13, 2025

जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ ।

जसमा तीन जना अध्यक्ष रहने छन् । महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।

यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।
जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन् । १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिएका छन ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार