असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रपतिलाई श्री ६ किन बनाउने ?,९० लाख विद्यार्थी विद्यालय बाहिर छन् :गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिले जतबिजमा खर्च गर्न पाउने गरी शिक्षा मन्त्रालयले बजेट राखेको भन्दै आपत्ति जनाएका छन। उनले राजाको पालामा जस्तै राष्ट्रपतिलाई भूमिका दिन खोजेको आरोप लगाएका छन।

थापाले संसदमा सोधे, ‘अर्थमन्त्रीले हेप्नु भो निरहँदा उहाँलाई राष्ट्रपतिलाई श्री ६ किन बनाउने रहर चाहिँ किन पलायो ? हिजो राजाले जस्तै आज राष्ट्रपति खुट्टा हालेको ठाउँमा पैसा दिने गरी किन कार्यक्रम ल्याइयो?

उनले तलब नपाएका इडिसिट र भोकै बस्न बाध्य आम्सिक शिक्षकको याद नआएको, ५७ हजार शिक्षकलाई बेवास्ता गरेको आरोप लगाएका छन।

त्यस्तै उनले ९० लाख विद्यार्थी विद्यालय बाहिर छन् भन्ने सरकारलाई थाहा नपाएको र ग्लोबल एजुकेशनबाट पैसा आउला अनि ९० लाख विद्यार्थीलाई खर्च गरौँला भन्ने चिन्तन दिक्क लाग्दो भएको उल्लेख गरेका छन।

थापाले भने, ‘एसइइ नदिने निर्णय गरौं, कुनै बोल्ड डिसिजन निर्णय गरौं भन्यो छैन। अनि यही यो बजेट यही यो कार्यक्रम ?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार