असार २९, २०८२ आइतबार July 13, 2025

असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार असफल भईसकेकाले सरकारको असफलतालाई बदल्न तयार हुन सत्तारुढ दललाई सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुदै उहाँले भन्नुभयो कोरोना, बाढी पहिरो तथा प्रशासनिक व्यवस्थापनमा सरकार पुर्ण रुपमा असफल भईसकेकाले असफल सरकारलाई नबोक्न नेकपालाई सुझाव दिनुभएको हो । सरकार तथा प्रधानमन्त्री असफल भएपनि मुलुक असफल हुन नसक्ने भन्दै असफल प्रधानमन्त्री र असफल सरकारलाई बोकेर नहिड्न पनि सत्तापक्षका सांसदहरुलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “कोरोना व्यवस्थापन, बाढी पहिरो व्यवस्थापन, प्रशासन व्यवस्थापन लगायतमा पुर्ण रुपमा सरकार असफल भएको छ । प्रधानमन्त्री ज्यू असफल हुनुभएको छ । सत्तासिन पार्टी असफल नबनोस् । त्यसकारण असफल सरकारलाई कतिसम्म बोक्ने ? असफल प्रधानमन्त्रीलाई कतिसम्म बोक्ने ? सत्तासिन पार्टी गम्भीर बनोस् । असफलतालाई बदल्न तयार हुनुहोस् । मुलुक असफल हुन सक्क्तैन । सरकार असफल होला, प्रधानमन्त्री असफल हुनुहोला, मुलुक असफल हुनुहुदैन । सत्तासिन पार्टीले गम्भीर निर्णय गरोस् ।”

उहाँले कालापानी , लिपुलेक र लिम्पियाधुरा भारतीय अतिक्रमणबाट फिर्ता ल्याउने विषयमा बजेट विनियोजन नभएकाले आवश्यक बजेट छुट्याउन माग गर्नुभयो । उहाँले भन्नुभयो “कालापानी , लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । सांसदको लोगोमा पनि हामीले परिस्कृत गरेका छौ । तर सरकारको सबै मन्त्रालयको बजेटमा हेर्यौ हामीले । कर्ही पनि त्यसका लागि बजेट छुट्याइएको छैन । के कागजमा मात्रै ल्याउन खोजेको हो लिम्पियाधुरा, लिपुलेक र कालापानी ?”

उहाँले मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।”

उहाँले विद्युतिय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो “तीन बर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने ? ”

‘कसैलाई भोको नराख्ने र भोकले मर्न नदिने’ भन्ने सरकारले अहिले क्वारेन्टाईनमा बसेकालाई आफै खाना लिएर आउ भनेको तथा कसम खुवाएर क्वारेन्टाइनबाट घर पठाउने गरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो “विपद व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयले गर्नुपर्नेमा रक्षामन्त्रीले गर्नुभएको छ । तर ईश्वरको नाममा सपथ नखाने मन्त्रीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका कोरोना संक्रमित र संक्रमित नभएकालाई घरबाट बाहिर ननिस्कनु, वृद्धवृद्धालाई नभेट्नु, बालबालिकालाई नभेट्नु, छिमेकीलाई नभेट्नु भनेर कसम खुवाएर घर पठाईरहेका छन् ।। सपथ खुवाएर पठाईएको छ । यसमा घोर आपत्ती छ । ”

उहाँले बन्द रहेका शैक्षिक संस्था संञ्चालन सम्बन्धमा शिक्षामन्त्रीले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउनुभयो ।

उहाँले भन्नुभयो “अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका कतिपय शिक्षा सम्बन्धी कतिपय प्रावधानमा स्वयम् शिक्षामन्त्रीले नै गीत गाउदै हिड्नुभएको छ । अर्को तर्फ शिक्षामन्त्रीले अब विद्यालय चल्छन् चल्छन् भनिरहनु भएको छ । अब भर्ना हुन आउ भन्नुहुन्छ । ”

तात्कालि प्रधानमन्त्री शेर बहादुर देउवाले त्रिभुवन विश्वविद्यालयमा १४ सय प्राध्यापक शिक्षकहरुको दरबन्दी स्वीकृत गरेको स्मरण गराउदै त्यसपछि दरबन्दी अनुसार स्थायी र आंशिक गराउने काम नभएको साथै लकडाउनको समयमा आंशिक कार्यरत शिक्षक, प्राध्यापक, सह प्राध्यापकलाई तलब नदिएकोमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सबैलाई जीविकोपार्जनक लागि आवश्यक रकम अर्थात् राहतको व्यवस्था मिलाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो “सामुदायिक विद्यालय र सरकारी विद्यालयमा कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने अनि नीजी विद्यालय शुल्क लिनका लागि संञ्चालन गर्ने ? यो विल्कुलै अनुचित हुन्छ । विद्यालय चलाउने हो भने सबै चलाउनु पर्छ । सरकारी विद्यालय र विश्वविद्यालय नचलाउने अनि नीजी विद्यालय फि लिन चलाउने ? यो सरकारले गुम्राह गरेको हो । यसको म घोर भत्र्सना गर्दछु । यस्तो हृदय विहिन सरकार बन्नु हुदैन । विश्वविद्यालय मानवियता विरुद्धको काममा उद्ध्त हुनुहुदैन । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार