असार २९, २०८२ आइतबार July 13, 2025

सभामुखको रुलिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसहरुलाई रुलिङ्ग गर्नुभएको छ ।

सांसदहरुले बोल्ने क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला संसद बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुभएको हो ।

उहाँले भन्नुभयो “माननीय सदस्यहरुले बोल्ने क्रममा आरोप प्रत्यारोप जस्तो भईरहेको छ । त्यसकारण म नियमावलिको २१ को ‘ङ’ तिर सबै माननीय सदस्यहरुको ध्यानाकषर््ाण गराउन चाहन्छु । हामीले सबैको बुद्धि विवेक लगाएर असाध्यै जोखिम पुर्ण समयमा पनि सदन चलाईरहेका छौ । राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । एउटा शक्तिशाली संदेश दिन सफलतामा गईरहेको बेलामा व्यक्तिगत टिकाटिप्पणी आरोप प्रत्यारोपतिर नजाऔ । विषय उठिसकेको छ । मैले रुलिङ पनि गरिसकेको छु । सबै विवरणहरु हामी पल्टाएर हेर्नेछौ । ”

नियमावलि को नियम २१ को ‘ङ’ मा “अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने” उल्लेख छ । नियम २१ का अन्य वुँदामा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरु छन् । साथै सांसहरुले गर्न हुने र नहुने विषयको सूची पनि छ ।

राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले हिन्दी भाषा बोल्नेप्रति संसदमा अपमान गरिएको भन्दै जेठ १९ गतेको प्रसंग उठाएपछि सभामुखले ती विषयमा प्रवेश नगर्न सचेत गराउनुभएको थियो ।

सभामुखले भन्नुभयो “माननीय सदस्य त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । म सबै विवरण लिएर छानविन गर्छु । म कार्यव्यवस्था परामर्श समितिमा राख्छु । त्यो विषयमा तपाई प्रवेश नगर्नुहोला । माननीय सदस्य ज्यू मैले भनिसकेको छु । संसदमा त्यो विषय नदोहोर्याउनुहोला । दुवैथरीले मलाई भन्नुभएको छ । त्यसकारण मैले लाईन काट्नुपर्ने हुन सक्छ । त्यो विषयमा नजानुहोला । ”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार