असार २३, २०८२ सोमबार July 7, 2025

१२० किलोग्राम गाँजासहित चार जना भारतीय नागरिक पक्राउ

४ जना भारतीय नागरिक र दुई नेपाली पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वराहक्षेत्र मन्दिर जाने सडक खण्डबाट हिजो साँझ १२० किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न चार जना भारतीय नागरिक र दुई जना नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र १ को बराहक्षेत्र मन्दिर जाने सड्क खण्डबाट १ सय २० किलोग्राम गाँजासहित भारतीय नागरिक र दुई नेपालीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । भारततर्फ लैजान लागेको गाँजा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नंं. १ वराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको कमाण्डमा खटिएको टोलीले सुमो गाडीसहित नियन्त्रणमा लिएको जनाएको छ ।

सुमो गाडीको सिटमुनि फोल्ड बटनमा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाडी चेकजाँचका क्रममा गाँजा बरामद गरेको वराह बाहिनि पकलीले जनाएको छ ।

गाँजा ओसारपसारमा संलग्न रहेका भारतीय नागरिक अररिया जिल्ला बत्नाह बस्ने वर्ष ३६ को मोहम्मद सिराज (सवारी चालक), अररिया फेना बस्ने वर्ष २० को अस्ताजु आलम वर्ष १९ को नसिम आलम र अररिया जिल्ला शहर्सा बस्ने वर्ष ५२ को ओमप्रकाश रजक पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुई नेपाली नागरिकमा देवानगञ्ज गाउँपालिका वडा ५ बस्ने वर्ष २० को शिवमकुमार शाह र देवानगञ्ज ५ कै ३१ वर्षीय ओमप्रकाश शाह रहेको वराह बाहिनीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार