असार २९, २०८२ आइतबार July 13, 2025

सशक्त आन्दोलनकै क्रममा भारतसँग वार्ताको पहल गर्ने समाजवादी काँग्रेसको निश्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाल समाजवादी काँग्रेसले भारतले मिचेको नेपाली भूमी फिर्ता ल्याउनका लागि सरकारले पहल नगरे शासन सत्ता अन्त्यको निम्ति सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमामा पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि नेपालको स्वामित्वमा ल्याउन सरकारले पहल नगरे शासन सत्ता अन्त्यको निम्ति सशक्त आन्दोलन गर्ने र आन्दोलनकै क्रममा भारतसँग वार्ताको पहल गर्ने निर्णय गरेको पार्टीका सचिव मानबाहादुर गुरुङले जानकारी दिए ।

राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थितिमा बसेको बैठकले रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना अमानवीय भएको र उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारी पक्षबाट तत्काल पहल गर्नुपर्ने  बैठकले निष्कर्ष निकालेको सचिव गुरुङले युगखबर अनलाइनलाइ जानकारी दिए ।

यसैगरी बैठकले राज्यमा देखिएको जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गर्न वर्तमान शासन सत्ताको अन्त्य र संघीयता, धर्मनिरपेक्षताको खारेजी आवश्यक भएको निष्कर्ष निकालेको छ । मधेस मुद्दाको दीर्घकालीन समाधान गर्न २०३३ पछि अनियमित तरीकाले वितरण गरिएका सबै खाले नागरिक प्रमाणपत्रहरु खारेज गर्नुपर्ने समेत बैठकको निष्कर्ष छ ।

बैठकले कोरोना महामारीबाट ज्यान गुमाएका सबै जनताहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित जनताहरुप्रति सरकारको तर्फबाट उचित उपचार गर्न माग गर्ने निर्णय गरेको सचिव गुरुङले बताए ।

सचिव गुरूङका अनुसार बैठकले पार्टीले अघि सारेको विश्व संवैधानिकता, संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशासन, समाजवादी अर्थनीति, राजसंस्था भन्ने नीति महत्वपूर्ण भएकोले त्यसलाई ब्याख्या गर्ने जिम्मा पार्टी अध्यक्ष  निरौलालाई दिने निर्णय समेत गरेको छ ।

बैठकले देशको विभिन्न परिस्थितिको बारेमा छलफल गर्दै सशस्त नागरिक आन्दोलन हुन आवश्यक भएको निचोड निकालेको छ । आन्दोलनकै अभियानमा नयाँ संविधान जारी गर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर अब बन्ने नयाँ संविधानको मस्यौदा तयार गर्न बैठकले अध्यक्ष निरौलालाई जिम्मा दिएको र उक्त मस्यौदा आगामी महिना दिनभित्र तयार भई पार्टीमा छलफल हुने सचिव गुरुङले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार