मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

१९औं एशियाली खेलकुद : भारतद्वारा नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत

निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चीनमा जारी १९औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपाल र भारत विचको प्रतिस्पर्धा जारी छ । जेजिझाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाइ जितका लागी २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको छ । भारतका लागी याशांभी जैसवालले शतक बनाएका छन् । बलिङमा दिपेन्द्र सिह एरीले २ विकेट लिदा सोमपाल कामि र सन्दिप लामिछानेले एक एक विकेट लिएका छन् ।

नेपाल अहिले ब्याटीङ गरिरहेको छ । यसअघि समूह चरणमा मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित दर्ता गर्दै नेपाल क्वाटरफाइनलमा पुगेको थियो ।

नेपालसंगै हङकङ र मलेसिया समूह चरण पार गरेर क्वार्टरफाइनलमा पुगेका हुन् भने टेस्ट मान्यता प्राप्त भारत पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै क्वाटरफाइनलमा पुगेका हुन ।

त्यस्तै अन्य खेलमा सेमिफाइनल चरण प्रवेशका लागि पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग र श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछन् ।

यसअघि नेपालले गत महिना श्रीलंकामा भएको एशिया कप क्रिकेटमा भारतसंग एकदिवशीय क्रिकेट खेलेको थियो । भारतको राष्ट्रिय टोलीसंग टी-२० मा भने नेपालले पहिलो पटक खेलिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार