काठमाडौंः १९औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल इरानसँग पराजित भएको छ।
मङ्गलबार बिहान भएको खेलमा नेपाल इरानसँग ४३–१९ ले पराजित भएको हो। सोमबार भने नेपालले बङ्गलादेशलाई पराजित गरेको थियो।
बुधबार हुने खेलमा इरानले बङ्गलादेशलाई पराजित गरेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ।
प्रतिक्रिया