मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः धनगढीमा आगामी मंसिर २५ देखि स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिता हुने भएको छ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा उक्त क्रिकेट प्रतियोगिता हुने भएको हो। कक्षा १० सम्मका विद्यार्थीले भाग लिने सो प्रतियोगितामा धनगढीका १६ वटा स्कुलले सहभागिता जनाउने आयोजकले जनाएका छन्।

प्रतियोगितालाई धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ। स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमाल र डिसिएका प्रबन्धक समुयल न्यौपानले मंगलबार एक कार्यक्रमबीच मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरे।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ।

यस्तै उपविजेताले १५ हजार तथा म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको डीसीएले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार