मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सेमिफाइनल पुगेसँगै नेपालको पदक पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा पदक पक्का गरेको छ ।

बुधबार महिला कबड्डीको समूह ‘बी’ मा इरानले बंगलादेशलाई ५६–१६ अंकले हराएपछि नेपालले कम्तीमा पनि कांस्य पदक जित्ने पक्का गरेको हो । समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । तीन टिम रहेको यो समूहमा जितसंगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो

नेपाली महिला कबड्डी टोलीको खेल थिएन तर, इरान र बंगलादेशबीचको खेलको निर्णयले भने नेपालको पदक टुंगो लाग्ने समीकरण बनेको थियो । दुई दिनअघि नै नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै लगभग पदक पक्का गरिसकेको थियो । तर, पदक निश्चित भने भइसकेको थिएन । तर, इरानको जितपछि नेपालले पदक तालिकामा नाम लेखाउन सफल भयो । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईंबीच शुक्रबारै हुनेछ ।

ब्याडमिन्टनमा चुनौती समाप्त

जारी एसियाली खेलकुदमा महिला कबड्डीमार्फत पदक भित्राएको दिन ब्याडमिन्टनमा भने नेपालको चुनौती समाप्त भएको छ । पुरुष डबल्सको अन्तिम–१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २–० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट नेपाली ब्याडमिन्टन यात्रा पनि टुंगिएको हो ।

१९ मिनेट चलेको सो खेलमा नेपालले खेल ११–२१ र ४–२१ ले गुमाएको हो । अन्तिम–३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र रसिद मोहम्मद अज्फानको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको थियो । उनीहरुले खेल २१–१८, २१–१७ ले आफ्नो पक्षमा पारेका थिए ।

त्यसैगरी महिला एकलतर्फ पनि राशिला महर्जनको यात्रा अन्तिम–१६ मै सिमित बन्यो । रशिला चीनकी बिङजिओसँग हेसँग २–० को सोझो सेटमा पराजित भइन् । उनले खेल १०–२१, ४–२१ ले गुमाएकी हुन् । रशिलाले अघिल्लो दिन अन्तिम–३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २–० को सोझो सेटको जित निकालेकी थिइन् ।

यसैगरी मिक्स डबल्समा विष्णु कटुवाल र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम–१६ मै पूर्णविराम लाग्यो । उनीहरु चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २–० कै सोझो सेटमा पराजित भएका हुन् । विष्णु र नङ्सल ४–२१, ७–२१ ले स्तब्ध बने ।

यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१–१६, २१–७ ले निरास बनाउँदै अन्तिम–१६ मा प्रवेश गरेको थियो । जारी एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ । नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुन पुगेको हो ।

पार्कीको ब्यक्तिगत सुधार

एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १४ मिनेट ५४.२० सेकेन्ड रहेको थियो । यो समय उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए । १३ औं सागमा उनले सो समयमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए ।

विभिन्न राष्ट्रका १८ धावक दौडेको दौडमा पार्की समग्रमा ११ औं स्थानमा रहे । २० जनाले नाम दर्ता गराएपनि इरान र थाइल्यान्डका खेलाडी दौडमा सहभागी भएनन् ।

बहराइनका यमाताउ बलेउ बिरहानुले एसियन गेम्सको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्ड समय खर्चे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियन गेम्सको कीर्तिमान भंग गरेका हुन् । भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समयसाथ दोश्रो तथा बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समयसाथ तेश्रो भए । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार