श्रावण ५, २०८२ सोमबार July 21, 2025

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोह सम्पन्न

दीक्षान्त समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५ सय ४१ जना दिक्षीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालकै जेठो वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ।  प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा बिहीबार उक्त समारोह  सम्पन्न भएको हो।

दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ फिजिसियन एवम् मुटु रोग विशेषज्ञ प्रा. डा डम्बर बहादुर कार्कीले दीक्षित हुने ५ सय ४१ जनालाई शपथ गराएका थिए।

कार्यक्रममा सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । सोही अवसरमा न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र कुमार बस्नेतले स्वागत मन्तव्य सहित न्याम्सको बारेमा जानकारी गराएका थिए ।

दीक्षान्त समारोहमा २०७७ चैत्र देखि २०८० साउन सम्ममा विभिन्न विषयमा स्नातकोत्तर तथा स्नातक गरेका ५ सय ४१ जनाले उपाधि पाएका थिए ।

दीक्षित हुनेहरुमा डिएम कार्डियोलोजीमा ६ जना, डिएम ग्याष्ट्रोइटेरेलोजीमा ६ जना, डिएम हेपाटोलोजीमा २ जना,डिएम मेडिकल अन्कोलोजीमा २ जना, डिएम नेफ्रोलोजीमा २ जना, एमसीएच न्यूरोलोजीमा ५ जना, एमसीएच प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३ जना, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ जना, एमसीएच युरोलोजीमा ४ जना रहेका छन् ।

त्यसैगरी एमडी एनेस्थेसियोलोजिस्ट ३१ जना, एमडी डर्माटोलोजीमा ६ जना, एमडीजीपी एन्ड ईएममा १२ जना, एमडी ईन्टर्नल मेडिसिनमा ३० जना, एमडी अब्स्ट्रेटिक एन्ड गाईनेकोलोजीमा  ३२ जना,  एमडी अप्थोलोजीमा ४१ जना, एमडी पेड्याट्रिक २३ जना दीक्षित भएको जानकारी गराइएको थियो  ।

त्यस्तै एमडी प्याथोलोजीमा ६ जना, एमडी साईक्याट्रीमा ३ जना, एमडी रेडियसन अन्कोलोजीमा २ जना, एमडी रेडियोडाइग्नोसिस्मा १४ जना, एमएस जनरल सर्जरीमा २५ जना, एमडी अर्थोपेडिक्स एन्ड ट्रमा सर्जरीमा १९ जना, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एन्ड हेड एन्ड नेक सर्जरीमा ९ जना, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एन्ड इन्डोडेन्टिसमा ३ जना, एमडीएस ओरल एन्ड मेक्जिलोफेसियल सर्जरीमा २ जना, एमडिएस पेरियोडेन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजीमा २ जना, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना तथा एमडीएस अर्थोडोन्टिसमा १ जना रहेका छन् ।

त्यसैगरी नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२ जन, एमएन–वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७ जना, बीएनएस क्रिटिकल केयर नर्सिङमा १ सय ३० जना, ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना रहेका छन् । यस्तै  बीएस्सी एमआईटीमा २२ जना तथा ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एन्ड भिन साइन्समा ३२ जना  रहेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले यी कार्यक्रमहरु वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन मानसिक अस्पताल तथा सिभिल अस्पतालसँगको सहकार्यमा संचालन गर्दै आएको छ।

त्यसैगरी नेपाल आँखा अस्पताल, तिलगंगा आँखा अस्पताल, श्री राम अम्बिका आँखा अस्पताल, किर्तिपुर अस्पताल, भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल र भेरी अस्पतालहरुमा  एकेडेमिक कार्यकमहरु संचालन गर्दै आएको जानकारी गराइयो ।

कार्यकममा न्याम्सका शिक्षाध्यक्ष पा.डा. लोचन कार्की, रजिस्ट्रार सहायक प्रा.डा. ज्ञानेन्द्र शाह, सह प्रा.डा. डीन डा.अशेष ढुंगाना, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देव कुमारी गुरागाईँ शिक्षा सचिव, अर्थ सचिव लगायतको उपस्थित रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार