काठमाडौंः १९ औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ।
शुक्रबार भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो सेटमा २५–२२, दोस्रो सेटमा २५–१६ र तेस्रोमा २५–१८ ले पराजित भयो।
पहिलो खेलमा नेपाल भियतनाम र दोस्रोमा दक्षिण कोरियासँग पराजित भएको थियो। अब नेपालले ११ औँ स्थानको लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया