मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसियाड क्रिकेटको फाइनलमा भारत र अफगाानिस्तानबीच प्रतिष्पर्धा भिड्दै

भारतले यो उपाधि खेल जित्यो भने उसले एसियाडको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो स्वर्ण जित्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल आज भारत र अफगानिस्तानबीच हुँदैछ ।

यो खेल सिचाङ युनिभर्सिटी अफ टेक्नोलोजीको पिङफेङ मैदानमा बिहान ११ः४५ बजेदेखि हुनेछ । यद्यपि, यो खेलमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको छ ।

सेमिफाइनलमा भारतले बंगलादेशलाई तथा अफगानिस्तानले पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

भारतले यो उपाधि खेल जित्यो भने उसले एसियाडको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो स्वर्ण जित्नेछ । भारतीय पुरुष क्रिकेट टोली पहिलो पटक एसियाली खेलकुदमा सहभागी हुँदैछ । केही दिनअघि भारतीय महिला क्रिकेट टोलीले स्वर्ण जितेको थियो ।

हेड टु हेडमा भारतको जीत रेकर्ड १०० प्रतिशत

भारतको टी–२० हेड टु हेड उत्कृष्ट छ । अफगानिस्तानविरुद्ध भारतको जितको रेकर्ड शतप्रतिशत छ । दुवै टोलीले अहिलेसम्म ४ वटा टी–२० खेल खेलेका छन् र ती सबै भारतीय टोलीले जितेको छ ।

भारतीय टोलीका यशस्वी जैसवाल र रवि बिश्नोई एसियाडमा लयमा देखिन्छन् । यशस्वीले प्रतियोगिताको दुई खेलमा शतक सहित १०० रन बनाएका थिए । दोस्रो खेलमा उनले खाता खोल्न सकेनन् । अर्कोतर्फ लेग स्पिनर रवि बिश्नोईले दुई खेलमा चार विकेट लिएका छन् ।

अफगानिस्तानका लागि नूर अली जद्रानले दुई खेलमा १०५.८८ को स्ट्राइक रेटमा ९० रन बनाएका छन् । बलिङमा क्यास अहमदले दुई खेलमा ५ विकेट लिएका छन् । उनी ३.८५ को इकोनोमीमा बलिङ गरिरहेका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११

भारतः ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, जितेश शर्मा, रिंकु सिंह, शिवम दुबे, वाशिंगटन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, अर्शदीप सिंह र आवेश खान ।

अफगानिस्तानः गुलबदिन नाइब (कप्तान), मोहम्मद शहजाद, सेदिकल्लाह अटल, नूर अली जद्रान, साहिदुल्लाह कमाल, अफसर जजाई, करिम जनात, शराफुद्दीन अशरफ, कैस अहमद, फरीद अहम र जहीर खान ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार