मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युरोपियन च्याम्पियनसिप छनोट चरणअन्तर्गत इजरायलमा तय सम्पूर्ण खेल रद्द

इजरायलको घरेलु लिग विजेता मकाबी हैफाले युरोपा लिगअन्तर्गत नोभेम्बर ७ मा भियारियालविरुद्ध खेल्ने तालिका प्रभावित हुने आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ । इजरायलको सरकारले शनिबार हमासको आक्रमणमा परी ६ सयभन्दा बढी इजरायलीले ज्यान गुमएको जनाएको छ ।

‘इजरायलको वर्तमान अवस्था नियन्त्रणबाहिर रहेको छ । त्यसैले युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत इजरायलमा बिहीबारका लागि तय स्विट्जरल्यान्डविरुद्धको खेल हालका लागि रद्द गरिएको छ,’ युइएफएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस खेलका लागि छिट्टै नयाँ स्थान र मिति तय गरिनेछ ।’

इजरायलको राष्ट्रिय फुटबल टोलीले अक्टोबर १२ मा घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत स्विट्जरल्यान्डविरुद्ध खेल्ने तालिका थियो भने यु–२१ टोलीले युरोपियन यु– २१ च्याम्पियनसिप २०२५ को छनोटमा सोही दिन स्टोनिया र अक्टोबर १७ मा इजरायलविरुद्ध खेल्ने तालिका रहेको थियो । त्यस्तै इजरायल, बेल्जियम, जिब्राल्टर र वेल्स गरी ४ राष्ट्र सम्मिलित प्रतियोगिता पनि रद्द भएको छ । सो प्रतियोगिता अक्टोबर ११ देखि १७ सम्म सञ्चालन हुने तालिका थियो ।

युइएफएले अवस्था सामान्य नभएको खण्डमा युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत इजरायल र कोसोभोबीचको खेल पनि निर्धारित समयमा हुने सम्भावना न्यून रहेको बताएको छ । ‘हामी अहिले इजरायलको अवस्थाबारे जानकारी लिइरहेको छौं,’ युइएफएले भनेको छ, ‘हामी त्यहाँको अवस्थाको सामान्य भएपछि मात्र खेलस्थल र नयाँ मितिबारे निर्णयमा पुग्नेछौं।

इजरायलको घरेलु लिग विजेता मकाबी हैफाले युरोपा लिगअन्तर्गत नोभेम्बर ७ मा भियारियालविरुद्ध खेल्ने तालिका छ । सो खेल पनि समयमा हुनेमा दुबिधा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार