काठमाण्डौः त्रिभुवन आर्मी क्लब नेसनल बास्केटबल लिगको दोस्रो स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आर्मीले सोमबार बूढानीलकण्ठ बास्केटबल क्लबलाई १०४–७७ स्कोरमा पराजित गर्यो । तेस्रो जित पाएको आर्मीले ५ खेलमा ९ अंक जोडेको छ ।
आर्मी दोस्रोमा
सबै ५ खेल जितेको टाइम्स कलेजभन्दा आर्मी १ अंकले पछाडि छ । आर्मीले २५–२१, ५६–३०, ८१–५२ ले पहिलो तीन क्वाटरमा अग्रता बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।
आर्मीका निश्चल महर्जन २५ स्कोर गर्दै प्लेयर अफ द म्याच बने । अर्को खेलमा हाउन्ड्सले विशाल मिलन केन्द्रलाई ९२–७० स्कोरले हरायो । हाउन्ड्सका भाग्यंश गुलाटी १८ स्कोर गरी प्लेयर अफ द म्याच बने ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया