असार २९, २०८२ आइतबार July 13, 2025

यस्तो छ लकडाउन खुकुलो पार्ने कार्ययोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौं । निरन्तरको लकडाउन चरणबद्धरूपमा खुला गर्दै जाने विषयमा आइतबार साँझ प्रधानमन्त्री निवासमा उच्चस्तरीय समन्वय समितिको बैठक बस्यो। प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकमा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो पार्ने विषयमा तयार गरिएको कार्ययोजनामाथि छलफल गर्‍यो तर कुनै निर्णय भएन।

राति करिब साढे ११ बजे सकिएको बैठकले मंगलबार बिहान थप छलफल गरी आवश्यक निर्णयका साथ अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक मन्त्रीले बताए। लकडाउन खुकुलो बनाउन तयार गरिएको कार्ययोजना प्रस्तुत भयो, प्रधानमन्त्रीले पनि त्यसको स्वामित्व ग्रहण गर्नुभएको छ, ती मन्त्रीले भने, सोमबार संसदमा मन्त्रीहरू व्यस्त हुनुपर्ने भएकाले मंगलबार बिहान छलफल हुन्छ।

छलफलमा सचिवहरू महेन्द्रप्रसाद गुरागाईं र नारायणप्रसाद बिडारी तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्ययोजनाबारे ब्रिफिङ गरेका थिए। उनीहरूले चरणबद्धरूपमा लकडाउन खुकुलो पार्ने बताए पनि कति समयको एउटा चरण बनाउने भन्ने उल्लेख गरेका छैनन्।

जोखिमको विश्लेषणका आधारमा जनजीवन सामान्य बनाउने गरी लकडाउन खुकुलो बनाउँदै लैजाने भन्ने विषयमा छलफल भएको छ, ती मन्त्रीले भने, सात दिन वा १५ दिनको एउटा चरण बनाउने भन्ने होइन, कोरोना भाइरसको प्रभाव कसरी बढ्छ र त्यसको नियन्त्रणमा के गर्नुपर्छ भन्ने रणनीति बनाउँदै अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

उच्चस्तरीय समन्वय समिति तथा कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटीको तर्फबाट दिइएको प्रस्तुतीकरणमा स्वास्थ्य मन्त्रालयले जारी गर्ने स्वास्थ्यसम्बन्धी प्रोटोकल तथा गृह मन्त्रालयले जारी गर्ने सुरक्षासम्बन्धी प्रोटोकल पालना गर्दै स-साना पसलदेखि ठूला उद्योगसम्म खुला गर्ने उल्लेख छ। त्यसैगरी सवारी साधन पनि भिडभाड नहुने गरी सञ्चालन गर्ने उल्लेख गरिएको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार