मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसीसी पुरुष यू-१९ प्रिमियर क्रिकेट : नेपालले इरानलाई २७४ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानमाथि प्रभावशाली जित हासिल गरेको छ।

मलेसियामा बिहीबार भएको खेलमा नेपालले इरानलाई २७४ रनले हराएको हो । ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अलआउ भएपछि नेपालले विशाल अन्तरको जित हात पारेको हो ।

इरानका अमेर खोसन्दले सर्वाधिक ३७ रन बनाए। नेपालका दिपेश कँडेल र सुवास भण्डारीले ३-३ तथा हेमन्त धामी र आकाश चन्दले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपाल ४० ओभर एक बलमा ३ सय ५३ रन बनाउँदा अल आउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक प्रहार गरे । यससँगै यू–१९ मा दोस्रो शतक प्रहार गर्ने देव पहिलो नेपाली खेलाडी बनेका छन्। उनले ६० बलमा शतक हाने ।

दीपकप्रसाद डुम्रेले ६९ र दीपक बोहराले ६५ रन बनाए । दिपेश कँडेलले २९ र दिपेश धामीले २३ रनको योगदान गरे । इरानका सलमान नइजमद र दद्राहम रइसीले ३-३ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार