काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
सरुवा भएर आउनुपर्ने सबै न्यायाधीश नआइपुगेका कारण मुद्दा स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा विचाराधीन छ । गत फागुनमै सर्वोच्चले फास्ट ट्रयाकमा मुद्दा टुंग्याउन आदेश दिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया