असार २९, २०८२ आइतबार July 13, 2025

यसै आर्थिक वर्षदेखि भूमि बैङ्कको अवधारणा कार्यान्वयन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जग्गा बाँझो र उपयोग विहीन रहन नदिन र खाली जग्गाको उचित उपयोग सुनिश्चित गर्न यसै आर्थिक वर्षदेखि भूमि बैङ्कको अवधारणा कार्यान्वयन गरिने बताएका छन ।

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री अर्यालले आगामी वर्ष सबै मालपोत तथा भूमिसुधार कार्यालयहरूमा अनलाइन प्रविधिमार्फत सेवा सञ्चालन गरिने जानकारी दिएका छन ।

मन्त्री अर्यालले र लिम्पियाधुरासम्मको नक्सा प्रकाशन भइसकेको भन्दै आगामी दिनमा भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयास मार्फत उल्लिखित स्थानहरूमा रहेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन ।

उनले विभिन्न कृषि उत्पादन र सोको बजारीकरणको लागि सहकारीमार्फत उचित अनुदान प्रदान गरिने कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयनमा लगिने बताएका छन ।

मन्त्री अर्यालले आगामी आर्थिक वर्षमा मन्त्रालयले गरिब लक्षित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको जानकारी समेत दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार