मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्नुभएको छ । उहाँले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गर्नुभयो । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गर्नुभयो ।

एपीएफका सन्तोष विष्ट दुई घण्टा ३७ मिनेट ०१ सेकेण्ड समयसहित उपविजेता बन्नुभयो । सन्तोषले ५० हजार रुपियाँ पाउनुभयो । एपीएफकै राजन चौधरी (दुई घण्टा ४३ मिनेट ०१ सेकेन्ड) तेस्रो हुनुभयो । उहाँ पछिल्लो संस्करणमा पनि तेस्रो स्थानमा रहनुभएको थियो । उहाँ २५ हजार रुपियाँको हकदार बन्नुभयो ।

यसैगरी, हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का र महिलातर्फ एपीएफी विन्द्रा श्रेष्ठ च्याम्पियन हुनुभयो । खड्गले सबैभन्दा चाँडै एक घन्टा ०७.२९ सकेन्ड लगाएर २१ किलोमिटर दौड सकाउनुभयो । किरणसिंह बोगटी (१ः०८.५६ सकेन्ड) दोस्रो र एपीएप्mका राजेन्द्र तामाङ (१ः१४.३७ सकेन्ड) तेस्रो हुनुभयो । एपीएफका बोगटी १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई म्याराथनमा स्वर्ण पदक दिलाउने धावक हुनुहुन्छ ।

एपिएफकी विन्द्रा श्रेष्ठले एक घन्टा २५ मिनेट ४१ सकेन्ड समय लगाएर महिला हाफ म्याराथन जित्नुभयो । विन्द्रा नवौँ राष्ट्रिय खेलकुदमा महिला म्याराथनकी च्याम्पियन हुनुहुन्छ । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने (१ः२७.०७ सेकेन्ड) उपविजेता र नेपाल प्रहरीकी सुमित्रा चौधरी (१ः३०.३८ सेकेन्ड) तेस्रो स्थानम रहनुभयो । दुवै वर्गको हाफ म्याराथनमा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

यसैगरी पाँच किलोमिटर पुरुष ओपनमा नागेश्वर अहिर पहिलो, सञ्जीव नेपाली दोस्रो र गोपाल तामङ तेस्रो हुनुभयो । सोही दूरीमा महिलातर्फ विमला तामाङ, बबिता राई र बसन्ती गोले शीर्ष तीनमा रहनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार