असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा हालसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर परीक्षण : स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौं । कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म २ लाख ५७ हजार ९ सय ६२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख ९ सय ७१ जनाको पिसिआर र १ लाख ५६ हजार ९ सय ९१ आरडिटीको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ। जसमध्ये ३ हजार ५ सय ६ पुरुष र २ सय ५६ महिला छन्। सोमबार मात्र २१ जना संक्रमित कोरोना मुक्त भई डिस्जार्च भएका छन्। यो सँगै डिस्जार्च हुनेको संख्या ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

मुलुकभर हाल ३ हजार २ सय ६० जना अस्पतालको आईसोलेसन र १ लाख ६६ हजार ६ सय ६८ जना क्वारेन्टाइनमा छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया