मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले हरायो

लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई पराजित गरेको छ।

मलेसियाको कुवालालम्पुरमा आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ।

७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको लागि कप्तान देव खनालले अविजित ३२ र अर्जुन कुमालले अविजित ३२ रन जोडे। बहराइनको लागि अनास ओबेद सैयदले ३ विकेट लिए।

टस जिते ब्याटिङ गरेको बहराइन ३७ ओभर ५ बलमा ७७ रनमा अल आउट भयो । उसका मोहम्मद बासिल अबदुलले सर्वाधिक ३४ रन बनाए। बलिङतर्फ नेपालका दीपेश कँडेलले जादुमयी ६ विकेट लिए । दीपेशले ९ ओभर पाँच बलमा जम्मा ४ रन दिएर ६ विकेट लिए । क्रिकेटमा यो विरलै पाउने सफलता हो । यस्तै, दुर्गेश गुप्ताले ४ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार