मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

कबड्डीतर्फ कास्य पदक विजेता खेलाडीलाई सांसद चौधरीको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक जिताउने खेलाडीलाई सम्मान गर्नुभएको छ ।

सोमबार नवलपरासीको बर्दघाटमा एक कार्यक्रमका बीच महिला कबड्डी टिमकी राष्ट्रिय खेलाडी सृजना कुमारी थारुलाई सम्मान गर्नु भएको हो । महिला कबड्डी टिमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको हो ।

सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी १ की बासिन्दा थारु राष्ट्रिय महिला कबड्डीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्रै खेलाडी हुन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. २ प्रसौनी निवासी थारुलाई सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीले सम्मान गर्दै खेलजीवनको सफलताको शुभकामना व्यक्त गर्दै नवलपरासी को खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“खेलमार्फत नवलपरासी जिल्लालाई मात्रै नभएर सिङ्गो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,” सांसद चौधरीले भन्नूभयो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल पनि नवलपरासी बर्दघाटका हुन् । यसअघि सांसद चौधरीले कप्तान रोहितलाई पनि बर्दघाटमा सम्मान गरेका गर्नुभएको थियो।

नवलपरासीको खेल क्षेत्रको विकासका लागि सांसद चौधरीले पूर्वाधार विकासदेखि खेलाडीका लागि आवश्यक खेल सामग्री उपलब्ध गराउँदै आउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार