मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले हरायो

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको सुखद् सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः घरेलु मैदानमा आजदेखि शुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । सिरिजको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।

मूलपानी अन्तर्राष्ट्रिय मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.५ ओभरमा पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पाली खेले । ५१ रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित ९३ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन् । कप्तान पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल १४ रनमा आउट हुँदा हार्डहिटर कुशल मल्ल ११ रनमा रन आउट भएका थिए । अर्का ओपनर आशिफ शेखले २३ रनको योगदान दिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो । खराब सुरुआत गरेको यूएईको इनिङ हमिदले नै उकासेका थिए ।

करण केसी एक्लैले यूएईको ३ विकेट लिए भने गुलसन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहोराले समान १ विकेट लिए ।

नेपालमै हुने विश्वकपको एसिया छनोटको तयारीस्वरूप आयोजना गरिएको त्रिदेशीय शृंखलामा नेपाल, यूएई र हङकङ सहभागी छन् । नेपालले दोस्रो खेल भोलि मूलपानी मैदानमै हङकङविरुद्ध खेल्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार